आईपीएल १७ दिन पछाडी सर्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आईपीएल १७ दिन पछाडी सर्यो

ipl postponed

एजेन्सी, ३० फागुन ।  विश्वभरी फैलिएको कारोना भाइसरका कारण ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल १७ दिन पछाडी सरेको छ । विश्वमा फैलदो कोरोना भाईरसका कारण विश्व क्रिकेटको प्रसिद्ध फ्रेन्चाईज प्रतियोगिता १७ दिन पछाडी सार्ने निर्णय भएको हो ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले खराब अवस्थालाई केन्द्रमा राख्दै सो निर्णय लिएको जनाएको छ । पछिल्लो निर्णय अनुसार अब आईपीएल अप्रिल १५ बाट सुरु हुनेछ ।

भारतीय क्रिकेट बोर्डले क्रिकेट प्रशंसक र क्रिकेटसंग जोडिएका सबै मानिसलाई सुरक्षित क्रिकेट अनुभव गराउने उद्धेश्यले आवश्यक कदम चालिएको उल्लेख गरेको छ । यसअघि आईपीएलको नयाँ संस्करण यही मार्च २९ बाट सुरु गर्ने तयारी गरिएको थियो ।

कोरोना भाइसरको महामारीका कारण विश्वभर खेल क्षेत्र प्रभावित भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले सन् २०२० को युरोकप फुटबल स्थगित गर्ने तयारी गरेको छ । चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि युईएफएले युरोकप स्थगित गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाले पनि सम्पूर्ण खेलकुदका गतिबिधि स्थगित गरेको छ । विभिन्न कारण रोक्न नसकिएका खेलकुद प्रतियोगिताहरु पनि बन्द रंगशालमा दर्शकविना गर्न थालिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);