सिप्यान क्रिकेट अवार्ड रद्ध, पुरस्कार रकम कोरोना राहत कोषमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिप्यान क्रिकेट अवार्ड रद्ध, पुरस्कार रकम कोरोना राहत कोषमा

cpan cricket award

काठमाडौं, १७ चैत । क्रिकेट खेलाडी संघ नेपाल सीप्यानले आयोजना गर्ने यस बर्षको एनसीसीएस सीप्यान क्रिकेट अवार्डको पुरस्कार रकम कोरोना राहत कोषमा दिने भएको छ ।

कोरोनाका कारण स्थगित भएको अवार्ड कार्यक्रमको पुरस्कार रकम सरकारी राहत कोषमा जम्मा गर्दै अर्को बर्ष अवार्डको नयाँ संस्करण सुरु गरिने सीप्यानले जनाएको छ ।

सीप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काद्वारा जारी बिज्ञप्तीमा बिषम परिस्थितीमा सम्पूर्ण क्रिकेट खेलाडीहरु पनि संकटको रुपमा देखा परेको कोरोना बिरुद्वको राष्ट्रिय अभियानमा मुलुकलाई सहयोग गर्न प्रतिबद्व रहेको जनाइएको छ ।

सीप्यानले मुख्य पाँच विधामा ४ लाख ६२ हजार रुपैयाँ बराबरको पुरस्कार रकम बितरण गर्ने तयारी गरेको थियो । कोरोनाका कारण यसबर्षको सीप्यान अवार्ड रद्ध भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);