टोकियो ओलम्पिक २०२१ को जुलाईमा सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टोकियो ओलम्पिक २०२१ को जुलाईमा सुरु हुने

tokyo olympics

एजेन्सी, १८ चैत । टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ बाट सुरु भएर अगस्ट ८ मा समापन हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण टोकियो ओलम्पिक एक वर्ष पछाडि सारिएको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटी आईओसीको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो। एक वर्षपछि आयोजना भए पनि प्रतियोगिताको नाम भने टोकियो ओलम्पिक्स २०२० नै रहनेछ । आईओसी अध्यक्ष थोमस बाखले नयाँ मितिमा ओलम्पिक्स आयोजना गर्नु चुनौतीपूर्ण हुने बताउँदै यसमा सबैको सहयोग प्राप्त हुने विश्वास गरेका छन् ।

यसअघि जापानका प्रधानमन्त्री सिन्जो आबे र आइओसीका अध्यक्ष बाखबीच टोकियो ओलम्पिक सार्ने बिषयमा सहमति भएको थियो । तर मिति भने तय भएको थिएन ।

नियमित कार्यातालिका अनुसार टोकियो ओलम्पिक सन २०२०को जुलाई ४ तारिखदेखि सुरु हुने मिति तय भएको थियो । तर विश्वभर फैलिएको कोरोना भाइरसको कारण १ वर्ष पर धकेलिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);