युभेन्टसका खेलाडी र प्रशिक्षकले चार महिनाको तलब नलिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युभेन्टसका खेलाडी र प्रशिक्षकले चार महिनाको तलब नलिने

juventus club

एजेन्सी, १६ चैत । कोरोना भाइरसका कारण हाल स्थगित भएको सिरी ए क्लव युभेन्टस क्लवका प्रशिक्षक र खेलाडी आफ्नो तलवमा कटौती गर्न सहमत भएका छन् । लिग बन्द भएपछि आर्थिक रुपमा ठुलो घाटा भएपछि क्लव ब्यवस्थापकले खेलाडी र प्रशिक्षकसँग आफ्नो समस्या राखेको थियो ।

त्यसलाई मध्यनजर गरेर खेलाडी र प्रशिक्षकले चार महिनाको तलवको रकमबाट कटौती गर्न सहमत भएका हुन । जसका कारण क्लवलाई ९० मिलियन युरो बचत हुने भएको छ । अप्रिल तीन तारिखसम्मका लागि स्पेनमा सबै खेलकुद गतिविधी बन्द रहेको छ ।

इटालीमा कोरोनाका कारण संक्रमण र मृत्युहुनेको संख्या अरु देशको तुलनामा निकै धेरै रहेको छ । कोरोनाको संक्रमण युभेन्टसका खेलाडीमा पनि देखिएको थियो । जसका कारण पुरै टिम क्वारेन्टाइनमा बसेको थियो । युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, वेल्सका आरोन राम्सेले मार्चदेखि जुनसम्मको पुरै तलव नलिने बताएका छन् ।

युभेन्टसले खेलाडी र प्रशिक्षकले गरेको सहयोगबाट निकै खुसी भएको बताएको छ । युरोपियन क्लवहरुमा बुन्डेसलिगा खेल्ने बार्यन म्युनिख र बारुसिया डर्टमुण्डले यसअघि नै तलव कटौतीमा सहमत गरिसकेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);