आर्सनलका खेलाडी तलब कटौती गर्न सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आर्सनलका खेलाडी तलब कटौती गर्न सहमत

arsenal pay cut

एजेन्सी, ९ वैशाख । प्रिमियर लिग क्लब आर्सनलका खेलाडी तलब कटौतीमा सहमत भएका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण खस्कदो क्लबको आर्थिक अवस्थालाई सहयोग गर्न क्लबका खेलाडी तथा प्रशिक्षक तलब कटौतीमा सहमत भएका हुन् ।

लण्डन क्लबका पहिलो टिमका खेलाडी तथा प्रशिक्षक मिकेल अर्टेटा वित्तिय संकटबाट क्लबलाई पार लगाउन बार्षिक १२ दशमलव ५ प्रतिशत तलब कटौतीमा सहमत बनेका हुन् । क्लबले बिज्ञप्ती जारी गर्दै खेलाडी तथा प्रशिक्षक बार्षिक रुपमा साढे १२ प्रतिशत तलब कटौतीमा सहमत बनेको जनाएको छ ।

सहमती अनुसार क्लबका मुख्य प्रशिक्षक स्टाफहरुको समेत तलब कटौती हुनेछ । क्लबले तय गरेको लक्ष्य हासिल भएको अवस्थामा सम्झौता गरिएको रकम पुनः फिर्ता गर्ने आर्सनलले जनाएको छ ।

वाटफोड, साउथह्याम्टन र वेस्ट ह्याम लगायतका क्लबले यसअघिनै पहिलो टिमका खेलाडीको तलब रोक्ने बिषयमा सहमती गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);