उचित समयमा ला लिगा सुचारु गर्ने विषयमा सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

उचित समयमा ला लिगा सुचारु गर्ने विषयमा सहमति

la liga

एजेन्सी, ८ वैशाख । स्पेनीस फुटबल संघ र सरकारबीच उचित समयमा स्पेनी राष्टिय लिग फुटबल ला लिगा सुचारु गर्ने विषयमा सहमति भएको छ ।

कोरोना भाइरसका कारण स्पेनमा नराम्रो असर परेका बेला ला लिगा बन्द रंगशालामा सुचारु गर्ने चर्चा चलेको थियो । तर स्पेनीस फुटबल र सरकारबीच उचित समय नआउँदासम्म लिग सुचारु नगर्ने विषयमा सहमति भएको हो ।

स्पेनी फुटबलका प्रमुख ला भेरडाड डी जुनीनले यसको जानकारी दिएका हुन् । उनले स्पेनीस सरकारले हायर स्पोर्टस काउन्सिल मार्फत ला लिगा सुचारुका बारेमा जानकारी दिएको र त्यसमा सहमति भएको उल्लेख गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);