लिभरपुललाई प्रिमियर लिगको उपाधि दिनु उचित : ब्लुम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लिभरपुललाई प्रिमियर लिगको उपाधि दिनु उचित : ब्लुम

bloom

एजेन्सी, ७ वैशाख । इंग्लिस क्लब ब्राइटनका मालिक टोनी ब्लुमले कोरोना भाईरसको कारण स्थगित भएको लिग नसकिए लिभरपुललाई प्रिमियर लिगको उपाधि दिनुपर्ने बताएका छन् ।

कोरोनाको कारण स्थगित लिगमा लिभरपुलले फराकिलो अग्रता कायम गरेको कारण लिग नसकिए उपाधि लिभरपुललाई दिनु उचित रहेको टोनीको भनाई छ । टोनीले उपाधिका लागि लिभरपुल योग्य रहेको समेत बताएका छन ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण प्रिमियर लिग यही अप्रिल ३० सम्म स्थगित गरिएको छ । यस सिजनमा लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।

लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । लिभरपुलले १९९० पछि प्रिमियर लिगको उपाधि जित्न सकेको छैन । यो सिजनमा भने लिभरपुल च्याम्पियन बन्ने लयमा रहेको छ ।

टोनीले सिजन नसकिए उपाधि लिभरपुललाई दिनु उचित भएपनि रेलिगेसन गर्न भने नहुने बताएका छन । यो सिजन ब्राइटन रेलिगेसन क्षेत्र भन्दा २ अंकले मात्र अघि रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);