लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि

liverpool champions

एजेन्सी, १२ असार । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । प्रिमियर लिग अन्तर्गत बिहीबार राति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २–१ गोल अन्तरले पराजित भएपछि लिभरपुलले ३० वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । यस अघि सन् १९८९ र ९०मा प्रिमियर लिगको उपाधि जितेको लिभरपुलले यसपटक ३१ खेलमै लिग उपाधी हात पा¥यो । सात खेलबाँकी छदै ८३ अंक जोडेर लिभरपुल प्रिमियर लिग च्यम्पियन भएको हो ।

साविक विजेता दोस्रो स्थानको म्यान्चेस्टर सिटीले ३१ खेलमा ६३ अंक जोडेको छ । यस सिजन लिभरपुलले २८ खेलमा जित निकाल्दा २ खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ ।

जर्मन प्रशिक्षक योर्गन क्लोपको प्रशिक्षणमा लिभरपुल गत सिजनमा प्रिभियर लिगको उपविजेता भएको थियो भने युरोपीयन च्याम्पियन्स लिगको विजेता भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);