आइसीसीको अध्यक्ष पदका लागि सौरभ गांगुली र कोलिन ग्रेब्सबीच प्रतिस्पर्धा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आइसीसीको अध्यक्ष पदका लागि सौरभ गांगुली र कोलिन ग्रेब्सबीच प्रतिस्पर्धा हुने

ganguly-grave

एजेन्सी, १२ असार । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको अध्यक्ष पदका लागि भारतका सौरभ गांगुली र इंग्ल्याण्डका कोलीन ग्रेब्सविच मुख्य प्रतिस्पर्धा हुने भएको छ । हालका अध्यक्ष शशांक मनोहरको कार्यकाल सकिएकाले नयाँ अध्यक्षका लागि भारतीय क्रिकेट कन्ट्रोल वोर्ड बीसीसीआईका अध्यक्ष गांगुली र इग्ल्याण्ड क्रिकेट बोर्डका अध्यक्ष ग्रेब्स विच प्रतिस्पर्धा हुन लागेको हो ।

त्यसका लागि आइसीसीले भिडियो कन्फेरेन्समार्फत गरेको बैठकबाट अध्यक्षको निर्वाचनका लागि अर्को साताबाट मनोनयन प्रक्रिया सुरु हुने निर्णय गरेको छ । आइसीसीको चुनावी प्रक्रियाका विषयमा सबै सदस्यहरुले सहमति जनाइसकेका बताइएको छ । गांगुली र ग्रेब्समध्ये आइसीसीको अध्यक्षका लागि ग्रेब्सको नाम अग्र स्थानमा रहेको जनाइएको छ ।

यस्तै पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनीले पनि आफ्नो दावेदारीता दिने संभावना रहेको बताइएको छ । हालका अध्यक्ष मनोहर सन् २०१६ मा पहिलो पटक आइसीसीको अध्यक्ष बनेका थिए । तर २०१७ को मार्चमा उनले ब्यक्तिगत कारणले राजिनामा दिएका थिए । पछि २०१८ मा उनी दुई बर्षको लागि फेरी अध्यक्ष बनेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);