एभरेस्ट प्रिमियर लिग (इपिएल) आयोजना गर्ने बाटो खुल्ला | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

काठमाडौं, २९ मंसिर । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ ।

 

आइसीसीले मान्यता दिएसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटरलाई इपिएलमा सहभागी हुन बाटो खुलेको छ । प्रतियोगिता पुस ३ गतेदेखि गर्ने गरी तालिका सार्वजनिक भइसकेको छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिमले खेलाडीलाई बोलकबोलबाट किनेको अवस्थामा आइसीसीले इपिएल मान्यता प्राप्त प्रतियोगिता नभएको भन्दै राष्ट्रिय खेलाडीलाई प्रतियोगिता खेल्न अनुमति नभएको बताएको थियो ।

 

मान्यता पाउनका लागि इपिएलले आइसीसीलाई २० हजार डलर बुझाएको इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले बताउनुभयो । देशको क्रिकेट संघ निलम्बनमा रहेको अवस्थानमा घरेलु क्रिकेट प्रतियोगिता गर्न आइसीसीको मान्यता अनिवार्य मानिन्छ । नेपाल क्रिकेट संघ (क्यान) २०७३ सालको वैशाखदेखि आइसीसीको निलम्बनमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);