कोरोना भाइरसका कारण इपिएल स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

कोरोना भाइरसका कारण इपिएल स्थगित

epl-768x366

काठमाडौं, २२ फागुन । कोरोना भाइरसका कारण चैत एक गतेबाट हुने तय भएको एभरेष्ट प्रिमियर लिग इपिएल –टि–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । मार्च १४ देखि २८ तारिखसम्म काठमाडौंमा हुने उक्त प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टले जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरेर ईपीएलका प्रवन्ध निर्देशक अमिर अख्तरले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सम्बन्धित निकायहरुसँगको परामर्शमा प्रतियोगिता स्थागित गरिएको बताउनुभयो ।

नागरिकको स्वास्थ्य नै ठूलो कुरा भएकाले प्रतियोगिता स्थगित गरिएको प्रबन्ध निर्देशक अख्तरको भनाए थियो । उहाँले अनुकुल वातावरण भएपछि खेल तालिका तय गरिने समेत बताउनुभयो ।

यसपटक इपिएलमा वेष्ट इण्डीजका क्रिस गेल, न्युजिल्याण्डका कोरे एन्डरसन जस्ता खेलाडी आबद्ध छन् ।

ताजा समाचार