ग्रेग बार्कले बने आइसीसीको अध्यक्ष | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ग्रेग बार्कले बने आइसीसीको अध्यक्ष

एजेन्सी,१० मंसिर।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको अध्यक्षमा न्यूजिल्याण्डका ग्रेग बार्कले चयन भएका छन । यसअघिका कार्यकारी अध्यक्ष इमरान ख्वाजालाई निर्वाचनमा पराजित गरेर बार्कले आइसीसीको अध्यक्ष चयन भएका हुन् ।

दोस्रो चरणको निर्वाचनमा उनले ख्वाजालाई हराएका हुन । पहिलो चरणमा बार्कले १० र ख्वाजाले ६ भोट पाएका थिए । त्यसपछि दोस्रो चरणको मतदानमा बार्कले विजयी भएका हुन् । आइसीसीको अध्यक्षका लागि कुल १६ मध्ये ११ भोटको आवश्यकता पर्छ । दोस्रो चरणमा बार्कलेलाई दक्षिण अफ्रिकी क्रिकेटको भोट नै महत्वपुर्ण बनेको थियो ।

बार्कलेले सन् २०१२ देखि न्यूजिल्याण्ड क्रिकेट बोर्डको निर्देशकका रुपमा काम गरेका थिए । उनले सन् २०१५ को विश्वकपमा निर्देशकका रुपमा काम गरेका थिए ।

न्यूजिल्याण्ड क्रिकेट बोर्डको सदस्य रहिसकेका उनले आइसीसीको अध्यक्षमा निर्वाचित भएपछि महत्वपुर्ण जिम्मेवारी पाउँदा निकै खुसी लागेको बताए । कोरोनाले धरासायी बनाएको क्रिकेटलाई नयाँ आयाममा पुर्याउने पहिलो प्राथमिकता हुने बार्कलेको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);