लिग विजेता लिभरपुल सिटीसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

लिग विजेता लिभरपुल सिटीसँग पराजित

city vs liverpool

एजेन्सी , १९ असार । इंग्लिस प्रिमियर लिगको यस सिजनको उपाधि विजेता लिभरपुलले म्यान्चेस्टर सिटीसंग नमिठो हार आत्मसाथ गरेको छ । शुक्रबार बिहान साविक विजेता म्यान्टेस्टर सिटिले सिटीले घरेलु मैदान ईतिहाद स्टेडियममा लिग च्याम्पियन लिभरपुललाई ४–० गोल अन्तरले हराएको हो ।

सिटीको जितमा केभिन डी ब्रईनी, रहिम स्टर्लिङ, फिल फोडिनले एक एक गोल गरे । घरेलु टोलीले एक आत्मघाति गोल उपहार पाएको थियो । गत साता चेल्सीले म्यान्चेष्टर सिटीलाई हराएपछि ३० बर्षपछि प्रिमियर लिगको उपाधि जितेको लिभरपुल ईतिहाद रंगशालामा ‘गार्ड अफ अनर’ को सम्मान सहित उत्रिएपनि फराकीले हार व्यहोर्न बाध्य भयो ।

साविक विजेता सिटीले लिग विजेता लिभरपुलमाथि जित निकाल्दै राहतको महशुश गरेको छ । दोस्रो स्थानको सिटीको ६६ अंक छ । उपाधि विजेता लिभरपुलको ८६ अंक छ ।