प्रिमियर लिग : उल्भ्ससँग म्यानचेस्टर सिटी पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रिमियर लिग : उल्भ्ससँग म्यानचेस्टर सिटी पराजित

wolves vs city

एजेन्सी, १२ पुस । साविक विजेता म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ । शुक्रबार राति भएको खेलमा उल्भरह्याम्टसँग ३–२ गोल अन्तरले म्यान्चेष्टर सिटी पराजित भएको हो ।

ईडरसन १२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा सिमिति बन्न पुगेको सिटीले २५ औ मिनेट सुरुवाती अग्रता पलएपनि त्यसलाई जोगाउन सकेन । रहिम स्टर्लिङले ब्यक्तिगत दोस्रो गोल गर्दै ५० औ मिनेटमा सिटीको अग्रता दोब्बर पारे ।

त्यसपछि घरेलु टोली वल्भ्सले एकपछि अर्को आक्रमण गर्दै गयो । एडामा टौरेल ५५ औ मिनेटमा उल्भरका लागि पहिलो गोल गरे । ८२ औं मिनेटमा घरेलु टोलीका राउल जिमेनेजले गोल गर्दै खेललाई २–२ को स्थितीमा ल्याएका थिए । खेल सकिन एक मिनेट अगाडी माट डोहर्टीले गोल गर्दै सिटीलाई स्तब्ध पार्ने नतिजा निकाले ।

पछिल्लो नतिजाले उपाधि होडमा रहेको सिटीलाई गम्भिर धक्का लागेको छ । सिटीको १९ खेलबाट ३८ अंक छ । उल्भ्स ३० अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);