पीपीएलको उपाधिका लागि आज चितवन र विराटनगर भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पीपीएलको उपाधिका लागि आज चितवन र विराटनगर भिड्दै

ppl final

काठमाडौं, १२ पुस । पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि लागि आज खेल हुँदैछ । पोखरा मैदानमा बिहान साढे ११ बजे शुरु हुने फाइनल खेलमा चितवन राइनोज र विराटनगर टाइटन्स आमने सामने हुनेछन् ।

अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन् ।

चितवनले जारी प्रतियोगितामा शत प्रतिशत नतिजाका साथ फाइनलमा स्थान बनाएको हो भने विराटनगरले प्लेअफमा पुग्न एलिमिनेटर राउण्ड पार गर्नु परेको थियो ।

नेट रनरेटमा काठमाडौँ भन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । लिग चरणका पाँच खेलमध्ये तीन खेलमा विराटनगर पराजित भएको थियो भने दुई खेलमा जित हासिल गर्न सफल भयो ।

मंसिर २९ गतेदेखि शुरु भएको प्रतियोगिताको विजेताले २७ लाख तथा उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीन जनालाई जनही एक–एक थान टीभीएस मोटरसाइकल प्रदान गरिने छ ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई एक लाख तथा ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);