ईपीएलकाे फाइनलका लागि पोखरा र भैरहवा भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

ईपीएलकाे फाइनलका लागि पोखरा र भैरहवा भिड्दै

काठमाडौं । इलिमिनेटर तर्फबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुग्न पोखरा राइनोज र भैरहवा आमुनेसामुने हुँदैछन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि पोखरा र भैरहवा भिड्न लागेका हुन् । 

बुधबार भएको खेलमा पोखरालाई पराजित गर्दै चितवन टाईगर्स पहिलो पटक फाइनलमा स्थान बनाइसकेको छ । यसअघि पोखरा पहिलो क्वालिफायरमा चितवनसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो क्वालिफायरमा भैरहवाले काठमाडौं किग्स-११ लाई १६ रनले पराजित गर्दै लगातार चौथो पटक फाइनल नजिक छ ।

फाइनल शनिबार हुने छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);