युरोपेली च्याम्पियन्स फुटबल : म्यान्चेष्टर सिटीको फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युरोपेली च्याम्पियन्स फुटबल : म्यान्चेष्टर सिटीको फराकिलो जित

eropa football

एजेन्सी, ६ कात्तिक । युरोपेली च्याम्पियन्स फुटबल लिगमा म्यान्चेष्टर सिटीले इटालियन क्लब एटलान्टामाथि फराकिलो जित निकालेको छ । घरेलु मैदान इथियाड स्टेडियममा भएको खेलमा सिटीले एटलान्टालाई ५–१ गोल अन्तरले पराजित गर्न सफल रह्यो ।

खेलमा अग्रता एटलान्टाले २८ औ मिनेटमा रुस्लान मिलिनोवस्कीको गोलबाट लिएको थियो । ३४ औ मिनेटमा अग्युरोले सिटीका लागि बराबरी गोल गरे । त्यसको चार मिनेटपछि पेनाल्टीमा गोल गर्दै अग्युरोले सिटीलाई २–१ ले अघि बढाउन सफल रहे । ५८ औ मिनेटमा स्टर्लिङले ब्यक्तिगत रुपमा गोलको खाता खोल्दै सिटीलाई ३–१ को अग्रता दिलाए । ६४ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका उनले ६९ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

८२ औ मिनेटमा फोडिन रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । समूह सीको खेलमा सिटी सतप्रतिशत नतिजा सहित ९ अंक जोड्न सफल रह्यो । एटलान्टा अंक विहिन हुदै तालिकाको पुछारमा रह्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);