मड्रिडसँग ३–० गोल अन्तरले मालोर्का पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

मड्रिडसँग ३–० गोल अन्तरले मालोर्का पराजित

एजेन्सी, २० असार । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले मालोर्कालाई ३–० गोल अन्तरले हराएको हो । एट्लेटिकोको जितमा मोराटाले दुई तथा कोकीले एक गोल गरे ।

मोराटाले २९ औं मिनेटमा पेनाल्टीमा घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै मोराटाले एट्लेटिकोलाई २–० ले अघि बढाए । कोकीले ७९ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै मड्रिड क्लब च्याम्पियन्स लिग छनोटको नजिक देखिएको छ । तेस्रो स्थानको उसले ३३ खेलबाट ६२ अंक जोडेको छ । मालोर्का २९ अंकसहित रेलिगेशन जोनमा छ । पछिल्लो हारले मालोर्कामाथि रेलिगेशनको खतरा थप बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);