ला लिगामा साविक विजेता मड्रिडसँग भ्यालेन्सिया पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ला लिगामा साविक विजेता मड्रिडसँग भ्यालेन्सिया पराजित

एजेन्सी , ३ फागुन । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियाल मड्रिडले सहज जित निकालेको छ । गए राति भएको खेलमा रियालले भ्यालेन्सियालाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा रियाललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक–एक गोल गरे । खेलको १२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४२औं मिनेटमा क्रुसले गोल गरे । यस्तै खेलको ६१औं मिनेटमा रियलका फेर्लाण्ड मेन्डीले गोल गरेपनि रेफ्रीले मान्यता दिएनन् ।

जितसँगै रियाल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियालले २३ खेलमा ४९ अंक जोडेको छ । तर, रियाल शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा अझै ५ अंकले पछि छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);