इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीद्वारा लेस्टर पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीद्वारा लेस्टर पराजित

epl 1

काठमाडौं, २४ बैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा साबिक विजेता म्यानचेस्टर सिटीले आफूलाई अन्तिम खेलसम्म बलियो दाबेदारका रुपमा प्रस्तुत गरेको छ ।

लिग अन्तर्गत सोमबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले घरेलु मैदानमा उपाधि होडमा महत्वपूर्ण रहेको खेलमा जित निकालेको हो । म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि १–० को संघर्षपूर्ण जित दर्ता गरेको हो । पहिलो हाफमा गोलरहित भएको खेलमा म्यानचेस्टर सिटीका लागि ७० औँ मिनेटमा कप्तान भिन्सेन्ट कम्पनीले विजयी गोल गरे ।

यो खेलमा जित निकाले मात्रै उपाधि होडमा कायम रहने थाहा भएको म्यानचेस्टर सिटीका लागि कप्तान कम्पनीले गोल गरेर जित दिलाएका हुन् ।अब लिगको अन्तिम खेलमा आइतबार हुने प्रतिस्पर्धाले उपाधिको टुंगो लाग्नेछ । आउँदो आइतबार सिटीले ब्राइटनसँग खेल्नेछ भने लिभरपुलले वुल्भ्सको सामना गर्नेछ ।म्यानचेस्टर सिटीको ९५ तथा लिभरपुलको ९४ अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);