आइपिएल अन्तर्गत लिग चरणका सबै खेल सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आइपिएल अन्तर्गत लिग चरणका सबै खेल सम्पन्न

काठमाडौं, २३ बैशाख । इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत लिग चरणका सबै खेल सकिएका छन् । लिग चरणका खेलहरु आइतबार राति सकिएसंगै प्रत्येक टिमले १४ खेल पुरा गरेका छन् । यो संगै लिग चरणको खेलबाट ४ टिम मुम्बई इन्डियन्स, चेन्नई सुपर किग्ंस, दिल्ली क्यापीटल र सनराइर्जस हैदराबाद ले प्लेअफमा स्थान बनाएका छन् ।

प्लेअफ अन्र्तगतको खेल मंगलबार राति बाट सुरु हुँदै छ । जसअन्र्तगत पहिलो खेलमा शीर्ष स्थानमा रहेका दुई टिम मुम्बई इन्डियन्स र चेन्नई सुपर किग्सबीच हुँदैछ । त्यस्तै दोस्रो खेल नेपाली लेग स्पीनर खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापीटल र सनराइजर्स हैदराबादबीच बुधबार हुनेछ ।

शीर्ष दुई टिमसंग समान अंक हुँदा पनि नेट रनरेटका आधारमा सन्दीप लामिछानेको दिल्ली क्यापीटलले सनराईजर्स हैदराबादसंग इलिमीनेटर खेल खेल्नु पर्ने भएको छ । गएको मार्च २३ बाट सुरु भएको आइपिएल को फाइनल खेल मे १२ तारिखमा हैदराबादको राजिब गान्धि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);