आईपीएल टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

आईपीएल टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजबाट सुरु

एजेन्सी, २७ चैत। इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजबाट सुरु हुँदैछ ।

चेन्नईमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैगलोरबीचको खेलसँगै आईपीएलको नयाँ संस्करण सुरु हुनेछ । मुम्बई र बैंगलोर बीचको उद्घघाटन खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेट बाट सुरु हुनेछ ।

आज हुने पहिलो खेलमा एमए चिदंबरम स्टेडियममा रोहित शर्माको कप्तानीमा मुम्बई सुखद सुरुवात गर्न चाहन्छ । तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने हुने छैन ।

त्यस्तै बैंगलोर पनि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात खोजीरहेको छ । यी दुई टिम बीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ ।

मुम्बईबाट रोहित शेर्मा, इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्डय, केईरन पोलार्ड, जेम्स निशम, कुर्नाल पाण्डय, नाथन कल्टर, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह रहेका छन् भने बैंगलोरबाट विराट कोहली, देबदत पडीक्ल, एबी डिभीलियर्स, ग्लेन म्याक्सवेल, मोहमद अझरुदीन, डानिल क्रिस्टियन, वासिङ्गटन सुन्दर, केली जेमिसन, नाभदिप शैनी, मोहमद सिराज, युजभेन्द्र चाहलले खेल्नेछन् ।

Leave a Reply