कोरोनाको उपचारपछि अस्पतालबाट फर्किए सचिन तेन्दुलकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

कोरोनाको उपचारपछि अस्पतालबाट फर्किए सचिन तेन्दुलकर

sachin in nepal

एजेन्सी, २७ चैत । कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका भारतीय क्रिकेटर सचिन तेन्दुलकर घर फर्किएका छन्।

क्रिकेटर सचिनले बिहीबार सामाजिक सञ्जाल ट्विीटरमार्फत आफू अस्पतालबाट घर फर्किएको जानकारी गराएका हुन्। घर फर्केर पनि आइसोलेसन मै रहने सचिनले उल्लेख गरेका छन् ।

गएको मार्च २७ मा कोरोना संक्रमण पुष्टि भएका सचिन त्यसको करिव एकसाता पछि चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना भएको थिए ।

सचिनले उनको सुस्वास्थ्यको कामना गर्ने लगायत उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई पनि धन्यवाद दिएका छन् ।

Leave a Reply