सचिनकाे टिम ६ विकेटले विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सचिनकाे टिम ६ विकेटले विजयी

sachin and binod das

काठमाडौं, ३० कात्तिक । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेतृत्वको टोलीले मैत्रीपूर्ण क्रिकेटमा नेपालका पूर्व कप्तान विनोद दासको टोलीलाई हराएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा शनिबार भएको १० ओभरको मैत्रिपूर्ण खेलमा ४५ रनको लक्ष्य सचिनको टोलीले ८ ओभरमा पूरा गर्दै खेल ६ विकेटबाट जितेको हो । यो खेलमा सचिनले ७ रन बनाए ।

युनिसेफको सद्भावना दूतका रुपमा नेपाल आएका सचिनले बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० बर्ष पुराभएको अवसरमा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलेका हुन् ।

तेन्दुलकर र दासले काठमाडौंका विभिन्न विद्यालयबाट युनिसेफ आफैंले छनोट गरेका विद्यार्थी टोलीको नेतृत्व गर्दै खेल खेलेका हुन् । तेन्दुलकरले शनिबार राति स्वदेश फर्किर्ने कार्यतालिका रहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);