युरोपा लिग फुटबलमा म्यानचेस्टरको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युरोपा लिग फुटबलमा म्यानचेस्टरको सहज जित

एजेन्सी, २७ चैत । इंग्लिश क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।

बिहीबार राति ग्रानडाको मैदानमा भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र बरुनो फर्नान्डेसले एक÷एक गोल गरे । खेलको ३१ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई १–० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई २–० को जित दिलाए । जितसँगै युनाईटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । युनाईटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);