प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडको सहज जित

एजेन्सी, २७ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लिड्सलाई जित दिलाउन ज्याक ह्यारिसन र प्याट्रिक बामफोर्डले एक÷एक गोल गरे । खेलको तेस्रो मिनेटमा ह्यारीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा बमफोर्डले गोल गर्दै लिड्सलाई २–० को जित दिलाए ।

जितसँगै लिड्सले २२ खेलमा ३२ अंक जोड्दै तालिकाको १० औं स्थानमा उक्लिएको छ भने क्रिस्टल २९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);