प्रिमियर लिगमा लिड्स युनाईटेडको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

प्रिमियर लिगमा लिड्स युनाईटेडको जित

एजेन्सी, १३ पौष । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीलाई लिड्स युनाईटेडले पराजित गरेको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा लिड्सले बर्नलीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुवातमै प्राप्त पेनाल्टीमा गोल गर्दै लिड्सले महत्वपूर्ण तीन अंक बटुल्न सफल रह्यो । प्याट्रिक बामफोर्डले खेल सुरु भएको पाँचौ मिनेटमा घरेलु टोलीका लागि विजयी गोल गरेका थिए । बर्नलीका गोलकिपर नाइक पोपीका कारण लिड्सले पेनाल्टीको अवसर पाएको थियो ।

जित सहित लिड्स २० अंक सहित तालिकाको ११ औं स्थानमा उक्लिएको छ । बर्नली १३ अंक सहित रेलिगेशन जोन भन्दा मात्र दुई स्थान माथि छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);