भारतविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलिया कमजोर अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलिया कमजोर अवस्थामा

एजेन्सी, १३ पुष। भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अष्ट्रेलिया कमजोर अवस्थामा,दोस्रो इनिङमा अष्ट्रेलियाले ६ विकेट गुमाएर १सय ३३ रन बनाउँदा आज तेस्रो दिनको खेल सकियो ।


अष्ट्रेलियाको मेलबर्नमा दोस्रो इनिङमा १ सय ३३ रन बनाउँदा ६ विकेट गुमाएर घरेलु टोली कमजोर अवस्थामा पुगेको हो । पहिलो पालोमा १ सय ९५ रनमा समेटिएको अष्ट्रेलीयाको व्याटिङ दोस्रो पालोमा पनि कमजोर नै देखियो । आज तेस्रो दिनको खेलमा भारतले पहिलो इनिङमा ३ सय २६ रन बनाएपछि अष्ट्रेलीयाले दोस्रो इनिङ थालेको हो ।

दोस्रो इनिङमा अस्ट्रेलियाका म्याथ्यु वाडेले ४० र मार्नस लाबुसचाग्नेले २८ रन बनाए । भारतका रविन्द्र जडेजाले २ तथा जसप्रित बुम्राह, उमेश यादव,मोहम्मद सिराज र रविचन्द्रन आश्विनले १–१अ विकेट लिए ।

पहिलो टेष्ट जितेको अष्ट्रेलीया दोस्रो टेष्टमा अब २ रनले मात्र अगाडि छ तर भारतले एक इनिङ खेल्न बाँकी नै छ । यो टेष्टको पहिलो इनिङमा अझिन्क्या रहानेको शतकसंगै भारतले ३ सय २६ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);