चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा

CSK-vs-DC

एजेन्सी, २८ बैशाख ।  महेन्द्र सिंह धोनी कप्तानीको चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकाल्दै चेन्नईले मुम्बई इन्डियन्ससँगको फाइनल भेट पक्का गरेको छ ।

पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको चेन्नईले शुक्रबार दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेता टिम दिल्लीसँग प्रतिस्पर्धा गरेको हो । विशाखापट्नममा भएको खेलमा चेन्नईले १४८ रनको लक्ष्य १९ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । उसका लागि फाप डू प्लेसिसले ३९ बलमा सात चौका र एक छक्काको सहयोगमा ५० तथा शेन वाट्सनले ३२ बलमा तीन चौका र चार छक्काको सहयोगमा ५० रनको योगदान दिएका हुन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको दिल्लीले ९ विकेटको क्षतिमा १४८ रन बनायो । उसका लागि ऋषभ पन्तले २५ बलमा ३८ तथा कोलिन मुरोले २७ रनको योगदान दिएका थिए ।

सात वर्षपछि आइपिएलको अन्तिम चारमा स्थान बनाएको दिल्लीले पहिलोपटक फाइनल खेल्ने सपना पूरा गर्न सकने । फाइनल खेल आइतबार हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);