गण्डकी प्रदेश र विमान ट्रेडर्स फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गण्डकी प्रदेश र विमान ट्रेडर्स फाइनलमा प्रवेश

इलाम, २८ बैशाख । प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगितामा गण्डकी प्रदेश र विमान ट्रेडर्स विर्तामोड फाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले ताप्लेजुड भलिवल संघलाई तिन शुन्यको सोझो सेटले हराउँदै फाइनलमा पुगेको हो ।

त्यस्तै दोस्रो खेलमा पनि विमान ट्रेडर्स विर्तामोडले नवचेतना भलिवल क्लव बरबोटेलाई तिन शून्यको सोझो सेटले हराउँदै फाइनलको यात्रा तय गरेको छ । शनिबार भएको खेलमा गण्डकी प्रदेश टिमका शंजु विक्रम शाह र विमान ट्रेडर्सका चन्दन करार म्यान अफ दी म्याच भएका छन् । इलाममा जारी खेलमा गण्डकी प्रदेश र विमान ट्रेडर्स विर्तामोडबीचको फाइनल खेल आइतबार हुने आयोजक जिल्ला भलिबल संघ इलामले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);