प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवलमा सोमबार चार टोली विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवलमा सोमबार चार टोली विजयी

कपिलवस्तु, ३ फागुन । कपिलवस्तुको वाणगंगा नगरपालिका पिपरामा प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल प्रतियोगितामा सोमबार चार टोली विजयी भएको छ ।

पहिलो खेलमा होङजी न्यूडायमण्ड काठमाडौंले एभरेष्ट बोर्डिङ स्कुल बुटवललाई २५–१३, २५–८ र २५–१३ ले पराजित गरेको थियो । दोस्रो खेल कुवरवर्ति बोर्डिङ स्कुल रातो रुपन्देहीले दीप बोर्डिङ स्कुल बुटवल रुपन्देहीले २५–६, २५–११ र २५–९ को सोझो सेटले पराजित गर्‍यो ।

त्यस्तै एभरेष्ट मावि रुपन्देहीले हिलवर्ट बोर्डिङ स्कुल कपिलवस्तुलाई तथा न्यू होराईजन क्लब बुटवलले शान्ता भलिवल क्लब काकीलाई सोझो सेटले पराजित गर्‍यो ।

विद्यालयका बालबालिकाहरुको प्रतिभा विकास गरेर खेल प्रति रुचि जगाउने उद्देश्यले आयोजित प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ६ माध्यमिक विद्यालय टीम सहभागी छन् । त्यस्तै नेपालका चर्चित क्लब पोखराको शान्ता भलिवल क्लब र काठमाडौंको होङसी न्यूडायमन्ड महिला भलिवल क्लब गरि ८ टोली सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);