एनभिए भलिबल : समूह विजेता बन्दै पुलिस क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एनभिए भलिबल : समूह विजेता बन्दै पुलिस क्वाटरफाइनलमा

काठमाडौं । एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस क्लबको पुरुष टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै समूह ‘बी’बाट विजेताको रूपमा अन्तिम आठमा प्रवेश गरेको हो । 

यता, पराजित गण्डकी प्रदेशसमेत समूह उपविजेताको रूपमा क्वाटरफाइनल प्रवेश गरेको छ । गण्डकीविरुद्ध पहिलो सेट नेपाल पुलिस क्लबले २५–१४ र दोस्रो सेट समेत २५–१४ आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५–१८ ले पारेको थियो । 

समूह बी मा नेपाल  पुलिसले शत प्रतिशत जित निकाल्दा तीन खेलबाट ९ अंक जोड्यो । गण्डकीको तीन खेलबाट ५ अंक रह्यो । यस समूहबाट मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लब समूह चरणबाटै बाहिरिए । 

यता, समूह सी बाट आर्मी क्लब विजेता रहँदा नयाँ बजार उपविजेता रह्यो । समूह डी बाट एपीएफ विजेता रहँदा ढोरपाटन उपविजेता रह्यो । 

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा जारी छैटौं संस्करणको एनभिए च्याम्पियनसिप प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ आठ गरी २० टोली सहभागी छन् । 

च्याम्पियनसिपबाट चैतमा हुने एनभिए लिगमा पुरुष तर्फ ७ र महिलातर्फ पाँच टोली छनोट हुनेछन् ।  
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);