छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा

भक्तपुर। भक्तपुरमा जारी छैठौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा पुगेका छन् । एभरेष्ट इंगलिस स्कुल मिवाछेँ ब्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलबाट सैनिक, ज्ञान निकेटन, युनिक, ज्ञान निकेटन, तिरुपति र इनोभेटिभले फाइनलय यात्रा तय गरेका हुन् । सिनियर ब्वाइजतर्फ सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरले हिमालय स्कुल काठमाडौं, ज्ञान निकेटन स्कुल काठमाडौंले इनोभेटिभ स्कुल काठमाडौंलाई हराएर फाइनल यात्रा तय गर्न सफल भएको हो । यस्तैं जुनियर ब्वाइजतर्फ ज्ञान निकेटनले न्यातापोल स्कुल भक्तपुर, युनिक स्कुल काठमाडौंले हिमालय स्कुल काठमाडौँलाई पराजित गरी फाइनलमा प्रवेश पाएको हो। गल्सतर्फ तिरुपतिले हिमालय र इनोभेटिभले सैनिकलाई हराएर फाइनलमा प्रवेश पाएको हो । प्रतियोगिताको फाइनल खेल भोलि मंगलबार हुनेछ । मंगलबारको फाइनल खेल सिनियर ब्वाइजतर्फ सैनिक र ज्ञान निकेटन, जुनियर ब्वाइजतर्फ ज्ञान निकेटन र युनिक र गर्ल्सतर्फ तिरुपति र इनोभेटिभबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा विजयी टिमहरूलाई भोलि मंगलबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ । आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले फ्रेण्डसिप फष्ट र कप्यिटसन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको जनाए । स्कुलहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले पनि प्रतियोगिता गर्दै आएको उनले जनाए ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलहररुबाट सहभागी भएको आयोजकले  जनाएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);