प्रिमियर लिग : न्यूक्यासल माथिको जितसँगै चेल्सी पुनः शीर्ष चारमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

प्रिमियर लिग : न्यूक्यासल माथिको जितसँगै चेल्सी पुनः शीर्ष चारमा

एजेन्सी, ४ फागुन । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्यूक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीका लागि ओलिभर जिरउड र टिमो वेर्नरले एक–एक गोल गरे । ३१ औँ मिनेटमा जिरउडले गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाएका थिए भने ३९ औँ मिनेटमा वेर्नरले थप गोल गर्न सफल रहे ।

जितसँगै चेल्सी पुनः शीर्ष चारमा उक्लिन सफल भएको छ । उसको २४ खेलबाट ४२ अंक भएको छ । त्यस्तै सोमबार राति नै भएको अर्को खेलमा शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गरेको वेष्ट ह्याम समान २४ खेलबाट ४२ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

Leave a Reply

ताजा समाचार

test123123

७ घन्टा अघि

test123123

७ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१२ घन्टा अघि