युनाइटेड र चेल्सीकाे च्याम्पियन्स लिगमा स्थान पक्का | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

युनाइटेड र चेल्सीकाे च्याम्पियन्स लिगमा स्थान पक्का

united and chelsea

एजेन्सी, १२ साउन । इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा म्यानचेष्टर युनाइटेड र चेल्सीले जित निकाल्दै अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् । इंग्लिस प्रिमियर लिग २०१९–२० अन्तर्गत आइतबार भएको दिगको अन्तिम चरणको खेलमा युनाइटेड र चेल्सी दुवैलै जित हात पार्द शीर्ष चारमा लिग सकाएका हुन् ।

युनाइटेडले लेस्टर सिटीलाई २–० ले हरायो । युनाइटेडलाई लेस्टरको मैदानमा जित दिलाउन ब्रुनो फर्नान्डेज र जेस लिनगार्डले गोल गरे । जितपछि युनाइटेडले ३८ खेलबाट ६६ अंक जोड्दै तेस्रो स्थानमा लिग सकाएको हो ।

यता अर्को खेलमा चेल्सीले पहिलो हाफको इन्जुरी टामइममा दुई गोल गर्दै वल्भ्सलाई २–० ले पराजित गर्यो । चेल्सीका लागि मासोन माउन्ट र ओलिभर जिरुडले गोल गरे ।

३८ खेलबाट युनाइटेड समान ६६ अंक जोडेको चेल्सीले चौथो स्थानमा रहेर लिग सकेको छ । पराजित लेस्टर भने ६२ अंक जोड्दै पाँचौ भयो र अर्को सिजन युरोपा लिगको लागि छनोट भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);