प्रिमियर लिग फुटबलमा चेल्सीको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

प्रिमियर लिग फुटबलमा चेल्सीको जित

chelsea

एजेन्सी, ३१ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । मंगलबार राति चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले जित निकालेको हो ।

चेल्सीको ओलिभर जिराउडले एक मात्र गोल गरेका थिए । पहिलो हाफको ईन्जुरी समयमा जिराउडले हेडमार्फत गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् । च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठुलो राहत दिएको छ । प्राप्त जितले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई चेल्सीले बलियो बनाएको छ ।

चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग ४ अंकको अग्रता लिएको छ । चेल्सीकोे ३६ खेलबाट ६३ अंक छ । अर्को सिजन रेलिगेशनमा परेको नर्विचको २१ अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);