प्रिमियर लिग : चेल्सीको शीर्ष ४ मा पर्ने सम्भावना कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रिमियर लिग : चेल्सीको शीर्ष ४ मा पर्ने सम्भावना कायमै

chelsea

एजेन्सी , ७ बैशाख । चेल्सीले इंग्लिश प्रिमियर लिगको शीर्ष ४ भित्र पर्ने सम्भावना कायमै राखेको छ । बिहीवार  राति बर्नलीलाई २–१ ले हराउँदै चेल्सीले प्रिमियर लिगको शीर्ष ४ भित्र पर्ने सम्भावनालाई जिवितै राखेको हो ।

भिक्टोर मोसेसको गोलमा चेल्सी विजयी भएको थियो । बर्नलीका केभिन लङले आत्मघाती गोल गरेको खेलमा एस्ले बर्नेसले गोल गरेका थिए । गोलको सुरुवात २० औं मिनेटमा लङको आत्मघाती गोलबाट भएको थियो । ६४ औं मिनेटमा बर्नलीका बर्नेसले गोल गर्दै खेल १ – १ को बराबरीमा पुर्याए । खेलको ६९ औं मिनेटमा मोसेसले गोल गर्दै चेल्सीलाई जित दिलाए ।

यो जितले चेल्सीलाई अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना जीवित राखेको छ । अन्तिम चार खेल बाँकी रहँदा चेल्सी चौथो स्थानको टोटनह्यामभन्दा ५ अंकले पछि छ । चेल्सीले ३४ खेलबाट ६३ अंक जोडेको छ । ५२ अंक जोडेको बर्नली लिगको सातौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा लेस्टर र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन् । ४४ अंकसहित पूर्व विजेता लेस्टर आठौं स्थानमा छ भने रेलिगेसन जोनमा रहेको साउथह्याम्पटनको २९ अंक छ । ५ खेलअघि नै लिग च्याम्पियन बनेको सिटी ८७ अंक र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७४ अंक छ । तेस्रो स्थानको लिभरपुलको ७० अंक छ ।

लिगअन्तर्गत आज राति वेस्ट ब्रम र लिभरपुल तथा वार्टफोर्ट र क्रिस्टल प्यालेसबीच प्रतिष्पर्धा हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);