भलिवल नेसन्स लिगः महिला तर्फ इटालीलाई उपाधि  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

भलिवल नेसन्स लिगः महिला तर्फ इटालीलाई उपाधि 

काठमाडौं। भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत महिलातर्फको उपाधि इटालीले जितेको छ ।

आइतबार राति टर्कीमा  सम्पन्न प्रतियोगितामा युरोपियन च्याम्पियन इटालीले ब्राजिललाई २५–२३, २५–२२, २५–२२ को सोझो सेटमा हरायो । योसँगै ब्राजिल फाइनलमा लगातार तेस्रोपटक हार बेहोर्न बाध्य भएको छ । यस्तै, सर्विया तेस्रो भयो । उसले तेस्रो स्थानका लागि भएको खेलमा टर्कीलाई २७–२५, २५–१७, २६–२४ ले पराजित गर्‍याे । सन् २०१८ देखि सुरु भएको भिएनएलमा अमेरिका सर्वाधिक तीनपटकको च्याम्पियन हो ।

भिएनएलमा महिलातर्फको प्रतियोगिताको सकिएसँगै बुधबारदेखि पुरुषतर्फको क्वार्टरफाइनलका खेल सुरु हुनेछ । क्वार्टरफाइनलको पहिलो खेलमा साविक विजेता ब्राजिल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);