आजबाट सुरु हुँदै नेसन्स लिग, पोल्यान्ड र वेल्स भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आजबाट सुरु हुँदै नेसन्स लिग, पोल्यान्ड र वेल्स भिड्दै

काठमाडौं । यूईएफए नेसन्स लिग सिजन २०२२–२३ बुधबारबाट सुृरु हुँदै छ । यससँगै युरोपका हस्ती राष्ट्रहरु आगामी दुई हप्ता यसै लिगमा व्यस्त हुनेछन् । एसियाली मुलुक कतारमा नोभेम्बरमा फिफा विश्वकप हुनुअघि यस प्रतियोगिताले बाँकी समय पूर्ण गर्ने विश्वास गरिएको छ ।

प्रतियोगितामा इंग्ल्यान्ड र उत्तरी आयरल्यान्डले चार समूहका खेल खेलेका छन् । यस्तै वेल्सले विश्वकप प्लेअफसहित चार खेल खेलेको छ । प्रतियोगितामा सहभागी भएका स्कटल्यान्ड र युक्रेन विश्वकपको प्लेअफ सेमिफाइनलमा बुधबार नै प्रतिस्पर्धा गर्दैछन् ।

दुई वर्षमा आयोजना हुने नेसन्स कपको यो तेस्रो संस्करण हो । यसअघि पहिलो संस्करण सन् २०१९ मा पोर्चुगलले जितेको थियो । यस्तै, सन् २०२१ मा भएको फाइनल खेलमा स्पेनलाई हराउँदै फ्रान्सले दोस्रो संस्करणको उपाधि जितेको थियो । बुधबार सुरु हुने खेलमा पोल्यान्ड र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार पौने १० बजे पोल्यान्डमा हुनेछ ।

दुई राष्ट्रको प्रतिस्पर्धामा अनुभवी अट्याकरद्वय रोवर्ट लेवान्डोस्की र गेराथ वेल सबैको नजरमा पर्न सक्छन् । पोल्यान्डका लेवान्डोस्की र वेल्सका वेल यसै सिजन व्यावसायिक फुटबल खेल्दै आएका क्रमशः वायर्न म्युनिख र रियल मड्रिड छाड्दैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);