इलाममा पुरुष नकआउट भलिवल प्रतियोगिता शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इलाममा पुरुष नकआउट भलिवल प्रतियोगिता शुरु

इलाम, २६ बैशाख । इलाम सदरमुकामस्थित टुँडिखेलमा बिहीबारबाट प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिता शुरु भएको छ । बिहीबारबाट शुरु भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा ताप्लेजुङ भविलव संघ र इलामको नवचेतना भलिवल क्लव प्रतिद्वन्द्वीलाई हराउंदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ताप्लेजुङले आयोजक जिल्ला भलिवल संघ इलामलाई ३ – ० को सेटमा पराजित गरेको छ । ताप्लेजुङले इलाम विरुद्ध २५ – १३, २५ – १३ र २५– १८ को नतिजा निकाल्यो । बिहीबार नै भएको दोस्रो खेलमा नव चेतना भलिवल क्लवले झापा गाउँपालिका भलिवल टिमलाई २५ – १७, २५ – २२ र २५ – १८ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउने छ भने उप विजेताले ८१ हजार रुपैयाँ प्राप्त गर्नेछ । पुरस्कार राशी र व्यवस्थापनको हिसावले उत्कृष्ट मानिएको प्रतियोगिता बैशाख २९ गतेसम्म सञ्चालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);