काभा बीच पुरुष भलिवलमा नेपालको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

काभा बीच पुरुष भलिवलमा नेपालको विजयी सुरुवात

काठमाडौं । काभा बीच पुरुष भलिवल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

बुधबार विहान भएको खेलमा नेपालले बंगलादेशलाई २–० को सोझो सेटमा हराएको हो ।

नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडिले बंगलादेशका विश्वास र पाभेलको जोडीलाई हराएका हुन् ।

आज नै हुने दोस्रो खेलमा नेपालका मान र दिलको जोडीले माल्दिभ्सका अहमेद र शामाइलको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबारसम्म आयोजना हुने प्रतियोगिता आयोजक बंगलादेश, नेपाल र माल्दिभ्ससँगै कीर्गिस्तान र भुटानको सहभागीता छ ।

Leave a Reply