काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीको बिदाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीको बिदाई

काठमाडौं, १९ असोज ||

श्रीलंकामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाई गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच खेलाडीहरुको बिदाई गरिएको हो ।

अर्को हप्तादेखि कोलम्बोमा शुरु हुने प्रतियोगितामा नपालसहित श्रीलंका, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान, साउदी अरब, तुर्किमिनिस्तान र उज्वेकिस्तान समावेश छन् । श्रीलंकामा पहिलो पटक हुन लागेको भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता सेन्ट्र एशिया भलिबल एशोसिएशन काभाको अनुरोधमा सम्भव भएको हो ।

नेपालले अक्टोबर ९ मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । अक्टोबर १० मा श्रीलंकासँग, अक्टोबर ११ मा अफगानिस्तानसँग, अक्टोबर १३ मा साउदी अरबसँग, अक्टोबर १३ मा उज्वेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);