आइपिएल: चेन्नईद्वारा सनराइर्जस हैदराबाद पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आइपिएल: चेन्नईद्वारा सनराइर्जस हैदराबाद पराजित

csk vs srh

काठमाडौं, ११ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले सनराइर्जस हैदराबादलाई ६ विकेटले हराएको हो । घरेलु मैदानमा भएको खेलमा चेन्नईले १ सय ७६ रनको लक्ष्य एक बल बाँकी हुँदा चार विकेटको क्षतिमा भेट्टाएको हो । चेन्नईका लागि शेन वाट्सनले ५३ बलमा ९ चौका र ६ छक्काको सहयोगमा ९६, सुरेश रैनाले २४ बलमा ३८ तथा अम्बाती रायडूले २५ बलमा २१ रन बनाएका थिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको भ्रमण टोली हैदराबादले तीन विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । उसका लागि मनिष पाण्डेयले ४९ बलमा नटआउट ८३, डेविड वार्नरले ४५ बलमा ५७ तथा विजय शंकरले २० बलमा २६ रन बनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);