आठौं राष्ट्रिय खेलकुद : १३३ स्वर्ण जित्दै आर्मी अग्रस्थानमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आठौं राष्ट्रिय खेलकुद : १३३ स्वर्ण जित्दै आर्मी अग्रस्थानमा

काठमाडौं, ११ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीले १३३ स्वर्ण पदक जित्दै अग्रस्थान कायम गरेको छ । त्यसैगरी आर्मीले ७४ रजत र ६३ काश्यपदक प्राप्त गरेको छ । प्रतियोगितामा नेपाल प्रहरीले ५९ स्वर्ण, ४५ रजत र ४४ काश्यपदकसहित दोस्रो स्थान प्राप्त गरेको छ । त्यसैगरी सशस्त्र प्रहरीले बल ५० स्वर्ण, ६८ रजत र ७३ काश्यसहित तेस्रो हासिल गरेको छ ।

प्रदेश नम्बर ३ ले २२ स्वर्ण, २३ रजत र ३९ काश्य पदक हात पारेको छ । गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४३ काश्य पदक, प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ काश्य पदक प्राप्त गरेको छ । प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ काशय पदक प्राप्त गरेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३४ काश्य, प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० काश्य, एलआरएनएले ५ स्वर्ण १ रजत र ५ काश्य तथा कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत तथा १७ काश्यपदक प्राप्त गरेको छ ।

प्रदेश ५ मा जारी ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बुधबारनै समापन भएको छ । नेपालगञ्ज रंगशालामा दिउँसो ३ बजे उपरास्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गरेका थिए ।

वैशाख ५ गते उद्घाटन भएको प्रतियोगिताका खेल भने चैत २७ देखि सुरु भएका थिए । नवौ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा हुने पनि राष्ट्रिय खेलकुद परिषदले निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);