आठौं दक्षिण एसियाली जुडो प्रतियोगितामा भारत प्रथम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आठौं दक्षिण एसियाली जुडो प्रतियोगितामा भारत प्रथम

काठमाडौं, १० वैशाख । आठौं दक्षिण एसियाली जुडो प्रतियोगितामा भारत प्रथम भएको छ । लगनखेलस्थित सैनिक शारिरीक तथा तालिम केन्द्रमा भएको प्रतियोगितामा भारतले १२ स्वर्ण र ३ काश्य पदक हात पार्दै प्रथम भएको हो ।

नेपालले २ स्वर्ण ७ काश्य र १३ रजत सहित दोस्रो भएको छ । त्यस्तै पाकिस्तानले पनि २ स्वर्ण ४ काश्य र ३ रजत सहित तेस्रो भएको छ । अन्य राष्ट्रका खेलाडी भने स्वर्ण पदक हात पार्न सकेनन् ।

तीन दिन चलेको प्रतियोगितामा सार्क राष्ट्रका १ सय ३ खेलाडीले सहभागिता जनाएका थिए । यसैबीच दक्षिण एशियाली जुडो फेडेरेसनको बैठकले आगामी संस्करण सन् २०२० मा बंगलादेशमा गर्ने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);