आठौं राष्ट्रिय खेलकूद : एथ्लेटिक्समा नेपाल आर्मी २१ स्वर्ण सहित टिम च्याम्पिएन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आठौं राष्ट्रिय खेलकूद : एथ्लेटिक्समा नेपाल आर्मी २१ स्वर्ण सहित टिम च्याम्पिएन

दाङ, ९ बैशाख । आठौं राष्ट्रिय खेलकूदको एथ्लेटिक्समा नेपाल आर्मी २१ स्वर्ण सहित टीम च्याम्पिएन बनेको छ । दाङको बेलझुण्डीस्थित नवनिर्मित सिन्थेटिक ट्रयाकमा आर्मीले अन्तिम दिन सोमबार ८ विधामा ६ स्वर्ण पदक जितेको छ ।

सोमवार आर्मीका कृष्ण बस्नेतले म्याराथनमा स्वर्ण पदक हात पारे । यो संगै आर्मीको स्वर्ण २१ पुगेको हो । खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस र एपीएफले १–१ स्वर्ण पदक जितेका छन ।

एपीएफ ८ स्वर्णसहित दोस्रो भयो भने पुलिसको पोल्टामा ३ स्वर्ण पर्यो । पुलिसका लागि सोमबार राजपुरा पछाईले महिला म्याराथनमा पहिलो स्थान हात पारेकी थिइन् । प्रदेश ३ ले दुई तथा कर्णाली प्रदेश र प्रदेश ५ ले १–१ स्वर्ण पदक जिते ।

सोमबार म्याराथनमा आर्मीले स्वर्ण जित्दा कर्णालीका दुर्गा बुढाले रजत र एपीएफका खिमबहादुर खत्रीले कांस्य जितेका थिए । महिला म्याराथनमा एपीएफकी पुष्पा भण्डारी र सरिता बासीले रजत र कांस्य पदक जित े।

पुरुष ८ सय मिटर दौडको स्वर्ण आर्मीका उमेश मर्स्याङदी मगरले जितेका थिए । महिला ४सय मिटर हर्डल्समा आर्मीकी सरस्वती भट्टराई च्याम्पियन बनिन् उनले स्वर्ण जित्दा आर्मीकी सुनमाया कार्की र एपीएफकी फुलमती रानाले रजत र कांस्य जितेका थिए।

सोही इभेन्टको पुरुषतर्फ एपीएफका नीरप्रताप महतोले स्वर्ण जिते। सोमबारै भएको ४ गुणा सय मिटर रिलेमा दुवै स्वर्ण आर्मीले जित्यो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);