आइपिएल: मुम्बईद्वारा चेन्नई सुपर किंग्स पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

आइपिएल: मुम्बईद्वारा चेन्नई सुपर किंग्स पराजित

ipl mahendra singh dhoni

काठमाडौं, २५ बैशाख । महेन्द्र सिंह धोनी कप्तानीको चेन्नई सुपर किंग्सलाई हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा रोहित शर्मा कप्तानीको मुम्बईले धोनीको चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको हो । घरेलु टोली चेन्नईले प्रस्तुत गरेको १३२ रनको लक्ष्य मुम्बईले १८ ओभर तीन बलमा चार विकेटको क्षतिमा भेट्टाएको हो । मुम्बईका लागि सूर्यकुमार यादवले ५४ बलमा १० चौकाको सहयोगमा नटआउट ७१ रन बनाए । कप्तान शर्मा चार तथा क्वीन्टन डी कक ८ रन बनाएर आउट भएको अवस्थामा यादवले पारी सम्हालेका हुन् । यस्तै इशान किशनले २८ तथा हार्दिक पाण्डेयले नटआउट १३ रनको योगदान दिए ।

चेन्नईका इमरान ताहिरले दुई विकेट लिए ।पहिले ब्याटिङ्ग गरेको चेन्नईले चार विकेटको क्षतिमा १३१ रन बनाएको थियो । उसका लागि अम्बाती रायडूले ३७ बलमा नटआउट ४२, कप्तान धोनीले २९ बलमा नटआउट ३७, तथा मुरली विजयीले २६ रन बनाएका थिए ।पराजित भएको चेन्नईका लागि फाइनल यात्रा तय गर्ने सम्भावना अझै छ । उसले बुधबार हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । बुधबार एलिमिनेटरमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);