मनमोहन मेमोरियल यू–१६ क्रिकेटको उपाधि प्रदेश २ लाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मनमोहन मेमोरियल यू–१६ क्रिकेटको उपाधि प्रदेश २ लाई

manmohan memorial cricket

काठमाडौं, २४ बैशाख । मनमोहन मेमोरियल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ ले जितेको छ । मंगलवार कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई चार विकेट विकेटले हराउँदै उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १ सय ३४ रनको लक्ष्य दिएको थियो । जसलाई प्रदेश २ ले २६ ओभर तीन बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

उपाधिसँगै प्रदेश २ ले २ लाख ५० हजार रूपैयाँ पायो भने उपविजेता सुदूरपश्चिमले एक लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);