प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश–७ को हातमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश–७ को हातमा

काठमाडौं, १९ वैशाख । १६ बर्ष मुनीको मनमोहन मेमोरियल प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश–७ ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा प्रदेश–२ लाई २४ रनले पराजित गर्दै प्रदेश–७ ले उपाधि उचालेको हो ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–७ ले निर्धारित ३० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८ रन जोडेको थियो । प्रदेश–७ का लागि राहुल भण्डारीले सर्वाधिक ३८ रन बनाए । त्यस्तै रोशन सावद ३७ रनमा अविजित रहँदा, हृदय बिथारीले ३३ रन र नरेन्द्र सावदले अविजित २० रन बनाए ।

२ सय ९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको प्रदेश–२ निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमा समेटियो । प्रदेश–२ का अमित यादवले ८० रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

उपाधिसँगै प्रदेश–७ ले नगद २ लाख ५० हजारसहित ट्रफी, मेडल र क्रिकेट खेल सामग्री प्राप्त गरे । उपविजेता बनेको प्रदेश–२ ले नगद १ लाख ५० हजारसहित क्रिकेट सामग्री प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी २ नम्बरमा विवेक यादब घोषित भए ।

उनले ट्रफीसहित नगद १० हजार प्राप्त गरे । व्यक्तिगत विधातर्फ उत्कृष्ट ब्याट्सम्यान प्रदेश–२ का अमित यादव र उत्कृष्ट बलर प्रदेश–७ का नरेन्द्र सावद घोषित भए । दुवैले ट्रफीसहित समान ५–५ हजार नगद प्राप्त गरे । यस्तै उत्कृष्ट फिल्डर प्रदेश–७ का हृदय बिथारी र उत्कृष्ट विकेटकिपर प्रदेश–७ कै राजन सिंह घोषित भए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);