प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि प्रदेश १ लाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि प्रदेश १ लाई

दाङ,१९ पुष। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि हात पारेको छ ।दाङको लमही क्रिकेट मैदानमा आईतबार भएको फाईनलमा विभागीय टिम शसस्त्र प्रहरीको एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको हो ।

टस जितेर व्याटिङ रोजेको प्रदेश १ ले एपीएफलाई १ सय ६ रनको लक्ष्य दिएको हो । २० ओभरमा ५ विकेट गुमाउँदै प्रदेश १ ले १ सय ५ रन बनायो । जवाफी व्याटिङमा एपीएफले ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । ३२ रन बनाउन एपीएफले ५ विकेट गुमाएर खराब सुरुवात गरेको थियो । ओपनर ज्योती पाण्डेले १४ रन बनाएको ईनिङ्समा राजमती ऐरी शुन्य रनमा आउट भईन् ।

इन्दु वर्माले ७, सरिता मगरले ६ रन बनाईन् । खराब व्याटिङका विच एपीएफका ममता चौधरी र करुणा भण्डारीको साझेदारीले भने एपीएफलाई जित नजिक पु¥याएको थियो । उनीहरुको साझेदारीले छैटौ विकेटका लागि ६४ रनको योगदान पु¥याएको थियो । तर अन्तिम ओभरमा सम्हालिन नसक्दा एपीएफ पराजित भयो । प्रदेश १ की रुविना क्षेत्री र अलिसा खनियाँले समान २–२ र संगिता राईले १ विकेट लिए ।

यता, प्रदेश १ की ओपनर अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाएको ईनिङ्समा काजोल श्रेष्ठले २९ रन बनाईन् । कप्तान रुविना क्षेत्रीले १८ रन बनाईन् । यस्तै, रोमा थापाले ३, निशा शाहले ५ तथा संगिता राई २ रनमा अविजित रहिन् । एपीएफकी सिता राना मगरले सर्वाधिक ३ विकेट लिईन् भने करुणा भण्डारीले १ विकेट हात पारेकी थिईन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);